काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपिडब्लु लघुवित्तले कमायो ६६ लाख नाफा

6.34K
shares

विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमास अर्थात् तीन महीनामा ६६ लाख ८८ हजार नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनी २५ लाख ८५ हजार नोक्सानीमा थियो ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी बढेकाले र १ करोड २६ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफामा गएको हो । गत आवमा कम्पनीले २० लाख ८ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर ४९ लाख ४९ हजार पुगेको छ ।

चुक्ता पूँजी ३ करोड रहेको कम्पनीले जगेडामा ९ लाख ८७ हजार सञ्चिति गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा १६ करोड १५ लाख सापटी लिएर, ४ करोड ९१ लाख निक्षेप संकलन गरेर १८ करोड ९५ लाखभन्दा कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ १८ पैसा, मूल्य आम्दानी अनुपात १ दशलमव १२ गुणा र प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ २९ पैसा छ ।