काठमाडौंमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर यसरी मनाइयो छठ ( फोटो फिचर )
वि.सं.२०८० मंसिर ३ आइतवार १९:३८
shares

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । तराई-मधेसका जिल्लाहरू तथा काठमाडौंमा उपत्यकामा समेत धुमधामसाथ मनाइने छठ पर्वको अवसरमा आज विभिन्न छठ घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका छन् ।
काठमाडौंको गौरीघाट, कमलपोखरी, बागमती नदि किनारा थापाथली, टेकु दोभानलगायतका विभिन्न ठाउँमा पुगेर श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।






































