काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फाइनलमा नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

4.68K
shares

काठमाडौंको टीयु मैदानमा जारी त्रिकोणात्मक टी–२० आई क्रिकेटको फाइनल खेलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको हो ।

टस हारेको नेपाले अहिले यूएईविरुद्ध पहिले ब्याटिङ गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए ।

नेपालका लागि कुशल भुर्तेलले ५० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १८, सोमपाल कामिले १३, सन्दीप जोरालेले १० रन बनाएका थिए ।

त्यसैगरी आसिफ सेखले ७, कुशल मल्लले १, गुलशन झाले ५, करण केसीले अविजित २३ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलरआयान अफजल खानले ३ विकेट लिए भने अलि नासीर र जाहूर खानले २-२ विकेट लिए । त्यसैगरी जुनैद सिद्धिकीले एक विकेट लिए ।