काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घट्यो

6.85K
shares

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाएको छ । बोर्डले आफुले लिँदै आएको कमिसन घटाएर लगानीकर्तालाई राहत दिएको हो ।

ब्रोकरले सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाएको बोर्ड स्रोतले जनाएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको छ ।

बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०।४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०।२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।