काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वावलम्बन लघुवित्तले १३ प्रतिशत लाभांश दिने

4.87K
shares

स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको लाभांश दर घटेको छ। लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लभांश दिने घोषणा गरेको हो। अघिल्लो २१.०५ प्रतिशत लाभांश दिइएको थियो।

प्रस्तावित लाभांश मध्ये १२.३५ प्रतिशत बोनस दिने संचालक समितिले निर्णय गरेको छ। बाँकी कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद दिइँदैछ।

लाभांश चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ। हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब २९ करोड रुपैयाँ छ। जुन बोनस वितरण पछि १५ करोड ९५ लाख रुपैयाँले बढ्नेछ।

लाभांश राष्ट्र बैंक र साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।