काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महँगी सरकारले राखेको लक्ष्यभन्दा बाहिर

6.53K
shares

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वित्तीय स्थितिअनुसार भदौमा सरकारको लक्ष्यभन्दा महँगी बढी देखिएको हो ।

सरकारले बजेटमार्फत महँगी ६.५ प्रतिशतभित्र राख्ने लक्ष्य लिए पनि चालु आर्थिक वर्षको दुवै महिनामा महँगी बढ्दो क्रममा छ । साउनमा ७.५२ प्रतिशत रहेको मुद्रास्फीति भदौमा ८.१९ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको दुई महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ८.१९ प्रतिशत छ । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ८.६४ प्रतिशत थियो ।

भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.९९ प्रतिशत छ । भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १७.८६ प्रतिशत, तरकारीको १४.५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.३८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको १२।६० प्रतिशत रहेको छ ।

यस्तै होटलको १०.९७ प्रतिशतले बढेको छ । भदौमा घ्यू तथा तेल उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १३.०८ प्रतिशतले घटेको छ । साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत र विविध वस्तु तथा सेवाहरुको १२.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.५९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.१८ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालको ११.३२ प्रतिशत छ । २०७९ भदौमा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.६२ प्रतिशत, ९.३३ प्रतिशत, ८.८२ प्रतिशत र ६.६८ प्रतिशत थियो ।