काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तलरता धेरै भएपछि बैंकहरुले घटाए ब्याजदर

6.43K
shares

कात्तिकमा अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुमा निक्षेप बढ्दै गईरहेको अवस्थामा बैंकहरुबाट कर्जा प्रवाह कम भएपछि बैंकहरुले ब्याज घटाउने निणर्य गरेका हुन् । अहिले दसै तिहारको समयमा बैंकिङ कारोबार पनि कम हुने भएकले पनि ब्याजदर घटाइएको हो एक बैंकका अधिकृतले भने । वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज घटाएका छन् भने दुई वटा बैंकले बढाएका छन् । चारवटा बैंकको ब्याजदर स्थिर छ ।

सबैभन्दा बढी ब्याजदर एभरेष्ट बैंकले घटाएको छ । बैंकले असोजमा भन्दा कात्तिकमा १.८३ प्रतिशत विन्दुले ब्याज घटाएको हो । त्यस्तै प्राइम कमर्सियल बैंकले १.११ प्रतिशत विन्दुले, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १.०२ प्रतिशतले र नविल बैंकले असोजमा भन्दा १.०३ प्रतिशत विन्दुले ब्याज घटाएका छन् ।

साउनमा कर्जाको माग ठप्प भए पनि भदौ लागेपछि केही बढेको छ । भदौ र असोजमा करिब १ खर्ब कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । तर, यो अवधिमा वित्तीय प्रणालीमा २ खर्ब ७३ अर्ब थपिएको छ । त्यसमध्ये करिब ६० अर्ब रकम स्थानीय तहको हो । अन्तरबैंक ब्याजदर अहिले २ प्रतिशतभन्दा तल छ ।