आजदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई कति?
वि.सं.२०८० असोज २९ सोमवार ०७:२५
shares

नेपाल राष्ट्र बैंकले दसैँ-तिहारका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ।
राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गर्न सकिने बताएकाे छ ।
विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ।
पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।
राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट पनि नयाँ नोट वितरण हुने राष्ट्र बैंकले जनाएकाे छ ।
























