मनसुन बाहिरिएसँगै हिमपात सुरु
वि.सं.२०८० असोज २९ सोमवार ०७:२१
shares

जेठ ३१ गते नेपाल भित्रिएको मनसुन आइतबार (असोज २८ गते) पूर्ण रूपमा बाहिरिएको मौसमविद्ले बताएका छन् ।
मनसुन बाहिरिएपछिको सिजनलाई ‘पोस्ट मनसुन’ भनिन्छ। मौसमविद्का अनुसार पोस्ट मनसुन लागेपछि हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुन सुरु हुन्छ।
मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको र हिजो राति नै कतिपय स्थानमा हिमपात हुन सुरु भइसकेको मौसमविद्ले बताएका छन् ।
केही समय अब, पश्चिमी वायुले चिसो बढाउँने, वर्षा र हिमपात गराउँ तर, धेरै हिमपात भने नहुने बताइएकाे छ ।

























