ग्लोबल आइएमई बैंकका यी ५ शाखाबाट मात्रै नयाँ नोट साट्न सकिने
वि.सं.२०८० असोज २८ आइतवार १९:४९
shares

ग्लोबल आइएमई बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ।
बैंकले एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो। बैंकको काठमाडौंको कान्तिपथ, कमलादी, धापासी ललिपपुर(जावालखेल) र सूर्यविनायकमा नयाँ तथा सुकिला नोट प्रदान गर्ने भएको छ ।
नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक)का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ। अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

























