काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै

4.83K
shares

आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै छ ।

बुधबार सिंहदरवार स्थित तिनै समितिको सभाकक्षमा प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बोलाइएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा आज सडक पूर्वाधारको अवस्था र सार्वजनिक सवारी साधनका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्ने तय भएको छ ।

साथै समितिमा ग्वार्को स्थित निर्माणाधीन फलाइओभर, कलंकीदेखि बसुन्धारासम्म चक्रपथ विस्तार आयोजना र कालिमाटी स्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भइ प्रयोगमा नआएको पुलको स्थलगत निरीक्षणका सम्बन्धमा समेत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजेलाई डाकिएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि बैठक बिहान साँढे ११ बजेको लागि बोलाइएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी निकासी सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने तय भएको छ ।

यता राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि दिउँसो १ बजेको लागि बोलाइएको छ । बैठकमा सीमा सुरक्षा तथा यसको व्यवस्थापनमा देखिएका प्रमुख सवाल, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल गरिने कार्यसूची रहेको छ ।