काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय बास्केटबल लिगको तयारी अन्तिम चरणमा

5.82K
shares

असोज दोस्रो सातादेखि सुरु हुने राष्ट्रिय बास्केटबल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक नेपाल बास्केटबल संघ (नेबा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै असोज १२ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुने छ ।

नेपाली बास्केटबलको शीर्ष लिगसमेत रहेको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । सिङ्गल राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगितामा विशाल मिलन केन्द्र, बूढानीलकण्ठ बास्केटबल क्लब, गोल्डेनगेट इन्टरनेसनल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्ट्स सेन्ट्रल, टाइम्स इन्टरनेसनल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबलले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र प्रत्येक खेलको ‘मोस्ट भ्यालुएबल प्लेयर’ले तीन हजार रुपैयाँ पाउने छन् । यस्तै, प्रत्येक क्लबले प्रतियोगिताको तयारीका लागि ५० हजार रुपैयाँ पाउने संघले जनाएको छ ।