काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

6.28K
shares

घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले दिएको २१४ रनको लक्ष्य पन्छाएको श्रीलंका ४३ दशमलब ३ ओभरमा १७२ रनमा अलआउट भयो ।

यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । बिहीबार श्रीलंकाले पाकिस्तानसँग खेल्नेछ ।

श्रीलंका र पाकिस्तानबीचको विजेता टोली फाइनलमा पुग्नेछ । सुरुवाती दुई हारका साथ बंगलादेश भने फाइनल दौडबाट बाहिरिएको छ ।