काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उद्योग मन्त्रालयका ५ जना सहसचिवको सरुवा

6.49K
shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ५ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालय अन्तर्गतको विभाग र मन्त्रालयभित्रको महाशाखाको जिम्मेबारी हेरफेर भएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालय तानेको छ। विभागको महानिर्देशको जिम्मेवारी तीर्थ चिलुवाललाई दिइएको छ भने ठकुरलाई मन्त्रालय तानेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण महाशाखाको जिम्मेवारी दिइएको हो। त्यस्तै योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा रहेका जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवद्र्धन महाशाखाको जिम्मेवारी दिइएको छ।

औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखाका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ।

प्रशासनमा रहेका लिलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।