काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गगन थापाले भने, आफ्नालाई टिकट दिने परिपाटी हटाँउछौ

5.94K
shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औं महाधिवेशनबाट हटाउने उद्घोष गरेको छन् । सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ८ लाख सदस्य भएका कांग्रेस अहिले शिथिल बनेको बताए ।

उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ ।

तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने ? भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’

उनले अहिले कांग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गरे । उनले अब उम्मेदवार छान्न स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्ने बताए ।