गृहपृष्ठ बालेनलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो- कानुन सबैलाई बराबर हो

बालेनलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो- कानुन सबैलाई बराबर हो

बालेनलाई लक्षित गर्दै काठमाडौं प्रशासनले भन्यो- कानुन सबैलाई बराबर हो

जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले कानुनको दृष्टिमा सबै समान रहेको जनाएको छ ।

काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ट्राफिक प्रहरीबाट आफ्नो परिवारमाथि दुर्व्यवहार भएको आरोप लगाएका थिए । त्यसको भोलिपल्ट सोमबार विज्ञप्ति सार्वजनिक गरी काठमाडौं जिप्रकाले यस्तो जनाएको छ ।

काठमाडौं जिप्रकाले जारी गरेको विज्ञप्तिमा कुनै ठाउँमा पनि मेयर बालेनको नाम उल्लेख छैन ।सोमबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन र जथाभावी वक्तव्यबाजी नगर्न भनेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सन्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियम समेत सम्झाएको छ ।

“पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,” काठमाडौं जिप्रकाले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रसेवक कर्मचारीलाई कर्तव्यपालनामा बाधा नपु¥याउन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न समेत अनुरोध गरिएको छ ।

 

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु