काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेसनल हाइड्रोपावर कम्पनीको भोलिदेखि लिलामी सेयर खुल्दै

5.71K
shares

नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

लिलामी भर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेसनल हाइड्रोपावरले गत असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन् ।