गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड आज बुटवल जादै
प्रधानमन्त्री प्रचण्ड आज बुटवल जादै
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जादै छन् । उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न बुटवल जान लागेका हुन् ।
सो सभालाई मोर्चामा आबद्ध अन्य चारदलका शीर्ष नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा प्रदेश इन्चार्ज राजकिशोर यादवलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित समय : १०:४९ बजे


















