काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला टी-ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ खेल्ने

6.13K
shares

आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि भइरहेको चार देश सम्मिलित महिला ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन् ।

समूह चरणको अन्तिम खेलमा मलेसियाँसँग पराजित भए पनि फाइनलमा पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

नेपालले लिगको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित निकालेको थियो । तर हिजो भएको लिगको अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

सिरिजको लिग चरणमा नेपाल, हङकङ र मलेसियाले समान ४-४ अंक बनाए पनि रनरेटको आधारमा नेपाल र हङकङ फाइनलमा पुगेका हुन्।