काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

5.57K
shares

भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् ।

उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको छ । चितवन, नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

उनका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उनले भने, “गत आर्थिक वर्षमा २२ जनालाई एन्टिस्नेक भेनम दिइएको थियो ।” यस्तै सोही समयमा ७१ जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

सर्पदंशका बिरामी बढी सङ्ख्यामा वर्षात्का समयमा आउने गरेको चिकित्सकले बताएका छन् । वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार खेती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ ।  विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिने उनले बताए ।

उनले भने, “विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ ।” रुखमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्षण देखिने गरेको उनले जानकारी दिए । सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दामाथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजाने गर्नुपर्ने उनले बताए ।