काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘संरक्षण क्षेत्र समन्वय समिति’लाई प्रभावकारी बनाउन माग

5.69K
shares

जिल्लामा विपद्को समयमा गठन हुने ‘संरक्षण क्षेत्र समन्वय समिति’ लाई प्रभावकारी बनाउपर्ने आवश्यकता औँल्याइएको छ ।

समिति गठन गरेर वर्षौसम्म पनि त्यसको बैठक, कार्यक्रम र गतिविधि नै नभएको जनाउँदै यस्ता समितिलाई पुनरर्गठन गर्दै सक्रिय बनाउन माग गरिएको हो ।

विपद्को अवस्थामा महिला, किशोरी, अपाङ्गता भएका, बृद्धाहरुको ख्याल गर्नुपर्ने र उनीहरुको संरक्षणमा त्यस्ता समितिले काम गर्ने बताइएको छ । जिल्लामा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको समन्वय तथा महिला पुनःस्थापना केद्र(ओरेक) को आयोजनामा जिल्लास्तरीय र पालिकास्तरीय ‘संरक्षण क्षेत्र समन्वय समिति’लाई पुनरर्गठन तथा गठन गरी सक्रिय बनाउने लागेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्लामा गठन भएका त्यस्ता समितिले काम नगरेको हुँदा सरोकारवला बीचमा बैठक गरी भएको पालिकास्तरमा पुनरर्गठन गर्ने र नभएको पालिकामा गठन गरी सक्रिय बनाउने विषयमा निर्णय समेत भएको छ ।

विपद्को समयमा विभिन्न खाले महत्वपूर्ण सामग्री क्षति हुने, हराउने, लैङ्गिक हिंसाको घटना हुन नदिन सचेतीकरण, गर्भवती, सुत्केरी, स्तनपान गराउने, वृद्धा अपाङ्गता भएका महिला लगायतलाई सेवा केन्द्र सञ्चालन गरी मनोविमर्शको सेवा दिनका लागि महिला पुनःस्थापना केद्र (ओरेक)ले आवश्यक सहयोग गर्दै आएको जनाएको छ । सो संस्थाको सहयोगमा विगतमा पनौती, बनेपा, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा संरक्षण क्षेत्र समन्वय समिति गठन गरेर काम गरेको पनौती नगरपालिका उपप्रमुख गीता बञ्जाराले जानकारी दिइन् ।

अहिले भएको ठाउँमा भएका समितिलाई काम गर्ने गरी चलायमान बनाउने र नभएको ठाउँमा गठन गरेर काम गर्न आवश्यक रहेको उनले बताइन्। मण्डनदेउपुर नगरपालिका उपप्रमुख विष्णुमणि नेपालले समिति गठन गर्ने मात्रै नभइ त्यसलाई क्रियाशील र परिणाम देखिने गरी काम गर्ने खालको हुन आवश्यक रहेकोमा जोड दिइन् ।