काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टिकेन शेयर बजारमा हरियाली, आज ३१ अंकको गिरावट

5.17K
shares

हिजो बढेको बजार साताको अन्तिम दिन आज घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ५२ अंकले घटेर २,०१३ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज घोराही सिमेन्टको ६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ५ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिभिल बैंक डिबेञ्चर इकाईधनीले १ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले गुमाएका हुन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ८ प्रशिततका दरले गुमाएका छन् ।