गृहपृष्ठ कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाका लागि समय तालिका सार्वजनिक गरेको छ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डले परीक्षाको समय तालिका सार्वजनिक गर्दै आवेदन फारम बुझाउन पनि आग्रह गरेको हो । २०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् ।

यस्तै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । परीक्षा असोज ६ र ७ गते हुने बोर्डले जनाएको छ ।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु