गृहपृष्ठ कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ?
नेपालमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित समय : ०७:५० बजे



















