काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने

6.66K
shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भोलि अर्थात बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आईपीओ भोलि बाँडफाँट हुने जानकारी दिएको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ । यस आधारमा भाग्यमानि ९ लाख ६० हजार जना आवेदकले १०/१० कित्ताका दरले शेयर पाउनेछन् ।

कम्पनीले साउन २३ गते देखि २६ गते सम्म आईपीओ विक्री खुला गरेको थियो । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि प्रिमियमबापत १५७ रुपैयाँ थप गरेको हो ।

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिएको हो । कम्पनीले कर्मचारीहरूमा भने ६ लाख कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै विक्री गरेको हो । त्यस्तै यीबाहेक ६ लाख कित्ता आईपीओ सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको ९६ लाख कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो ।