धौलागिरी लघुवित्तको शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०८० साउन ३० मंगलवार १६:४८
shares

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भएपछि कायम हुन आएको ३ लाख कित्ता शेयर धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट सूचीकृत भएको हो ।
त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको नेप्से मार्फत जानकारी दिएको छ ।
मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ७६८ रुपैयाँ ६१ पैसा मूल्य रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर भोलि अर्थात बुधवारबाट कारोबारमा आउनेछ ।

























