काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादीका पदाधिकारी नै मान्दैनन् केन्द्रीय कमिटिको निर्णय

१० दिन देखि निष्कृय छ नेताको सामाजिक सञ्जाल

10.19K
shares

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटिको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरुलाई दिनको दुईवटा ‘स्टाटस’ लेख्न सर्कुलर जारी गरेको थियो । तर आँफैले गरेको सर्कुलरको माओवादीका पदाधिकारीहरुले नै धज्जी उडाएका छन् । आँफैले गरेको निर्णय पदाधिकारीहरुले नै मानेको देखिदैन ।

साउन २१ गते केन्द्रीय समितिको चौथो पूर्ण बैठकको समापन गर्दै माओवादी केन्द्रले नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले सामाजिक सञ्जालमा लेख्दा कति शब्दको लेख्नुपर्ने सम्मको सर्कुलेसन गरेको थियो ।

केन्द्रले त्यस्ता पोष्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ–सात लाइनको हुनुपर्नेछ बताएको थियो । पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको बताएका थिए ।

आफ्नो पार्टीको निर्णय बताउने महराकै फेस्बुक पेज हेर्यो भने ६ दिन अगाडि देखि केही पनि पोष्ट गरेको देखिदैन । महराले पूर्वसभामुख भएर एउटा शोक वक्तव्य ६ दिन अगाडि फेस्बुकमा लेखेका छन् भने त्यो बाहेक अन्य केही पनि लेखेको देखिदैन ।
महराको मात्र होइन पार्टीका अन्य पदाधिकारीले पनि सामाजिक सञ्जालमा केही लेखेको पाईदैन । उनीहरुको सामाजिक सञ्जाल हेर्ने हो भने कयौं दिन देखिको केही पोष्ट नभएको देखिन्छ । पोष्ट भएकाहरुको पनि आफ्नो व्यक्तिगत काम र आँफूसँग सम्बन्धित विषयको मात्र देखिएको छ । जबकी केन्द्रीय कमिटिले पार्टीको प्रचार वा सरकारले गरेको कामको प्रचार गर्ने दिनको २ वटा पोष्ट गर्ने भनेको थियो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सामाजिक सञ्जाल पनि त्यस्तै छ । श्रेष्ठले करिब १० दिन अगाडि मात्र आफ्नो सामाजिक सञ्जालमा मिटरब्याज सम्बन्धि विधेयक दुवै सदनबाट पारित भएको लेखेका थिए । त्यस यता कुनै पनि पोष्ट आएको छैन ।


श्रेष्ठ आँफै सरकारमा सामेल समेत छन् । उनलाई उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी दिएको छ । तर पनि उनले आफ्नो सामाजिक सञ्जालमा सरकारले वा आफ्नो मन्त्रालयले गरेको केही पनि कुराहरु पोष्ट गरेका छैनन् ।

हामीले यो समाचार तयार पार्दा उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेशको पाँचौ पूर्ण बैठकको कुरा पोष्ट गरेका छन् । तर उनले आजको पोष्ट भन्दा ३ दिन अघि मात्र सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । तर त्यो पोष्ट पनि पार्टीको वा सरकारले गरेको राम्रो कामको प्रचार नभई अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिएका थिए ।

पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीका निर्णय भएपनि त्यो निर्णयलाई पदाधिकारीले नै त्यो निर्णय मानेका छैनन् ।