दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या, ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड
वि.सं.२०८० साउन ३० मंगलवार १७:३२
shares

नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको झाले बताए ।
एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । करिब ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड भएको झाले जानकारी दिए ।

























