काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भुुटानको पारोलाई हराउदै मच्छिन्द्र क्लब एएफसी दोस्रो चरणमा

5.69K
shares

भुटानको पारो एफसीलाई ३२ गोलले हराउँदै नेपालको मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरण पुगेको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा भुटानले सुरुवाती अग्रता लिए पनि त्यसपछि मच्छिन्द्रले लगातार तीन गोल गरेको थियो । मच्छिन्द्रका विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाडिपोले एक एक गोल गरे ।

खेलमा सुरुवाती अग्रता भुटानी क्लबले लिएको थियो । पारोका काजु होम्माले सातौं मिनेटमा अग्रता दिलाएका थिए । तर, विमलले १२औं मिनेटमा खेल बराबरीमा ल्याए । त्यसपछि आयुषले १५ र अफिजले ३८औं मिनेटमा गोल गरेका हुन् ।