काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

6.2K
shares

स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् ।

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् । अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उनले जानकारी दिए ।

विगतमा दैनिक एक हजार पाँच सय मात्रै बिरामी आउने गरकोमा पछिल्ला दिनहरूमा यो सङ्ख्या बढ्दै गएको छ । निजी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार नपाइने भएपछि बिरामी यही आउने गरेका छन् ।

उनले भने, “भरतपुर अस्पताल पुरानो, विश्वासिलो र यहाँ विशेषज्ञ चिकित्सकीय सेवा पाइने भएकाले बिरामी सेवाप्रति आकर्षित भएका हुन् ।” अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका सबै स्वास्थ्यकर्मी, कर्मचारी र विशेष गरेर बीमा शाखामा कार्यरत कर्मचारीबाट भएका मेहिनतका कारण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताए । उनले भने, “यहाँ बिरामीको आकर्षण बढ्नुमा सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्त्वपूर्ण छ ।”

उनले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी भुक्तानीमा समस्या नभएको बताए । बीमामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको उनको भनाइ छ । उनले सकेसम्म बिरामीलाई कसरी सहजता दिलाउन सकिन्छ भनेर आफूहरू लागि परेको बताए ।