गृहपृष्ठ २८ अंकले घट्यो नेप्से
२८ अंकले घट्यो नेप्से
मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ बिन्दुमा कायम भएको छ । सोमबार ५ अंकले घटेको बजारमा आज ६० लाख १५ हजार ६७ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सुपर म्यादी हाइड्रोपावर लिमिटेडले आज सर्वाधिक नाफा कमाएको छ भने, किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
कारोबारका आधारमा अप्पर तामाकोशि हाइड्रोपावर ८ करोड ७४ लाख ३ हजार ८८५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित समय : १५:५० बजे

















