घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० साउन १५ सोमवार १२:१५
shares

सोमबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । आइतबार बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक लाख १२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा झरेको छ ।
अघिल्लो कारोबार दिन, सुनको भाउ वृद्धि भएको थियो। हिजो सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँ पुगेको थियो।
सोमबार चाँदीको मूल्य पनि सस्तिएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

























