काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महानगरले डोजर चलाउनुअघि राप्रपा कार्यकर्ताले सुरक्षाका लागि घेरे पार्टी कार्यालय

6.11K
shares

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बराहीस्थित कार्यालयमा डोजर चलाउने भएको छ ।

महानगरले डोजर चलाउने सूचना पाएपछि राप्रपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेरेका छन् । डोजर आउनुअघि नै कार्यकर्ताले कार्यालय अगाडी घेरेर बसेका छन् ।

महानगरले गत असोज १३ गते सूचना जारी गरेर कार्यालय हटाउन भनेको थियो तर राप्रपाले अटेरी गरेपछि महानगरको टोलीले आज (सोमबार) कार्यालय भत्काउने तयारी गरेको बताएको छ ।

राप्रपाको धुम्बराहीस्थित पार्टी कार्यालयमाथि विद्युत प्रशारण लाइन (हाइटेन्सन लाइन)को रहेको भन्दै महानगरपालिकाले आज भत्काउने सूचना दिएपछि कार्यकर्ता कार्यालय घेरेका हुन् ।

हाइटेन्स लाइनको तल निर्माण भएका संरचानाहरु सुरक्षाको हिसाबले अतिजोखिमपूर्ण मानिन्छ ।
यस्तै, महानगरले सो स्थानबाट पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले शुक्रबार माइकिङ गर्दै सोमबारभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको हो ।

हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले नगरप्रहरीको टोलीलाई लिखितरुपमा यसबारे आफूहरुलाई दिन आग्रह गरेको छ । पार्टी कार्यालयका मुख्यसचिवले यसबारे लिखित दिन आग्रह गरेका हुन् ।