काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुन प्रकरणमा जोडेको भन्दै मओवादीका नेता पुनको आपत्ति

11.97K
shares

आफुलाई सुन प्रकरणमा जोडेको भन्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आपत्ति जनाएका छन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा आपत्ति जनाएका छन् । उनले लेखलेका छन्, ‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’

पुनले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न यस्तो गलत प्रचार गरिएको बताएका छन्। ‘यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानबिनको म पूर्णरूपमा समर्थन गर्दछु,’ पुनले भने, ‘राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्दछु।’

ठमेलबाट पक्राउ परेका दावा छिरिङ चिनियाँ आपराधिक गिरोहलाई नेपाल भित्र्याउने एजेन्ट भएका र उनको कनेक्सन नेकपा (माओवादी केन्द्र)का नेताहरूसँग देखिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए। यस क्रममा उनी पनि सहभागी भएको एक रात्रिकालीन भोजको तस्वीर अहिले सामाजिक सञ्जालहरूमा देखिन थालेको छ।

अमला रोका उनै माओवादी नेता पुन र उनकी पत्नी ओनसरी घर्तीमगरसँग पारिवारिक सम्बन्ध जोडिएकी व्यक्ति हुन्।

गिरोहका सदस्य दावासहितको टोलीले बारम्बार पुन र घर्तीलाई भेट्ने गरेको पनि खुलेको थियो।