प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग बालुवाटारमा छलफल
वि.सं.२०८० साउन १४ आइतवार १६:१०
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान बालुवाटारमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
प्रधानन्यायाधीश नियुक्ति, संसद् सञ्चालन र कोशी सरकार गठनको बारेमा गठबन्धनसहित प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहका गोविन्द आचार्यले जानकारी दिए ।
यसअघि गत साउन १० मा बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरेपछि संसद पाँच दिनका लागि स्थगित गरिएको थियो ।
यसैगरी, संसद् सञ्चालनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलसँग सहयोग गरेर अघि बढ्न अनुरोध गरेका गरेको उनको भनाइ छ ।
साउन २० गतेबाट प्रधानन्यायाधीशको पद रिक्त हुँदैछ। प्रधानमन्त्रीले यसबारेमा गठबन्धन र प्रमुख प्रतिपक्षीसहितका नेताहरूसँग छलफल गरेको आचार्यले जानकारी दिए ।

























