दुई सातामा १५० अर्ब पैसा बैंकिङ प्रणालीबाट बाहिरियो
वि.सं.२०८० साउन १४ आइतवार १७:४५
shares

नयाँ आर्थिक वर्ष सुरु भएपछि बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको छ । नयाँ आर्थिक वर्ष शुरु भएसँगै १० दिनमै प्रणालीबाट १५० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ आर्थिक वर्षको साउन १० गतेसम्म (१० दिनमै १५) अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन १० गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा ५६ खर्ब १७ अर्ब निक्षेप छ । गत आर्थिक वर्षको अन्तिम दिन प्रणालीमा ५७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो । साउन २ मा स्थानीयतहको १ खर्ब बढी रकम सरकारले फिर्ता लिएपछि बैंकिङ प्रणालीबाट ठूलो परिमाणमा निक्षेप घटेको देखिन्छ ।
गत असार मसान्तसम्म ४८ खर्ब ७९ अर्ब कर्जा प्रवाह भएकोमा साउन १० गतेसम्म २९ अर्बले घटेर ४८ खर्ब ५० अर्बमा झरेको हो । प्राणालीबाट निक्षेप घटेसँगै कर्जा विस्तार समेत खुम्चिएको छ ।
गत आर्थिक वर्षको अन्तिम दिन ८१.६२ प्रतिशत थियो । यस्तै अन्तर बैंक कारोबार दर पनि बढेको छ। असार मसान्तमा अन्तर बैंक कारोबार दर ०.५३ रहेकामा अहिले बढेर ६.०५ प्रतिशत पुगेको छ।
साथै, निक्षेपसँगै प्राणालीबाट कर्जा प्रवाह घट्दा कर्जा निक्षेपअनुपात (सीडी रेसियो) बढेर ८३.२७ प्रतिशत पुगेको छ ।

























