घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८० साउन १२ शुक्रवार १२:३९
shares

शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला १ लाख १३ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन पनि तोलामा ९ सयले घटेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

























