काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पर्छ प्रतितोला ?

6.64K
shares

बुधबार सुन तोलामा ५०० रुपैयाँले महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि वृद्धि भएको छ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुनको मूल्य बढोत्तरी भएको थियो । हिजो सुन तोलामा २०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख २ हजार २०० रुपैयाँमा पुगेको थियो । दुई दिनमा सुन तोलामा ७०० रुपैयाँले बढिसकेको छ ।

लगातार चौथो दिन सस्तिएको चाँदी बुधबार महंगिएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ४६५ रुपैयाँमा खरिद बिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला पाँच रुपैयाँले गिरावट हुँदा एक हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।