परराष्ट्रमन्त्री साउद र खानेपानी मन्त्री यादवलाई १५ हजार जरिवाना तिराउँदै आयोगले गर्यो कारबाही
वि.सं.२०८० साउन ९ मंगलवार १८:३८
shares

निर्वाचन आयोगले दुई जना बहालवाला मन्त्रीलाई कारबाही गरेको छ। कारबाहीमा परेकामध्येको सूचीमा बहालवाला मन्त्रीहरू महिन्द्र राय यादव र नरायण प्रसाद साउद पनि रहेका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नभएको भन्दै आयोगले मंगलबार २ हजार ४ सय ३५ उम्मेदवारलाई कारबाही गदै दुई जना मन्त्रीलाई पनि गरेको हो ।
परराष्ट्रमन्त्री साउद र खानेपानी मन्त्री यादवलाई कारवाही गरेको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिए । दुवै जना मन्त्रीलाई १५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको उनले जानकारी दिए ।
आयोगका अनुसार मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार भएर तोकेको समयभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधि सभातर्फका २३७४ जना र प्रदेश सभातर्फका ३१८८ जनासमेत जम्मा ५५६२ जना उम्मेदवारहरूलाई खर्च विवरण सार्वजनिक गर्न भनिएको थियो ।
निर्वाचन आयोगको कारबाहीमा परे निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७४ को दफा ३१ को उपदफा (२) बमोजिम गत वैशाख ६ गतेदेखि १२ गतेसम्म निर्वाचन खर्चको विवरण सार्वजनिक गरेको लिखित जानकारी आफू उम्मेदवार रहेको प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा जनाकारी गराउन निर्वाचन खर्च सार्वजनिक नगर्ने २४ सय ३५ उम्मेदवारलाई कारबाही, जनही १५ हजार जरिवाना गगन, रवीन्द्र, सोविता र मिलन पनि निर्देशन आयोगले दिएको थियो ।

























