सात दिनभित्र चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना
वि.सं.२०८० साउन ८ सोमवार १३:१६
shares

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खर्चको विवरण नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गर्ने तयारी भएको छ ।
अन्तिम परिणाम आएको ३५ दिनभित्र खर्चको विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना लगाउने निर्णय भएको आयोगले जानकारी दियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ९४० अनुसार सम्बन्धित प्रदेशरजिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
सात दिनभित्र जरिवाना नतिरे थप १५ हजार जरिवानासहित कारवाही हुने थपलियाले बताए । निर्वाचन कसुर ऐनको दफा ३१ अनुसार कारबाही गरिएको १५ हजार जरिवाना र सात दिनभित्र खर्चको विवरण सार्वजनिक गर्न भनेको उनको भनाइ छ । आयोगले २४ सय बढी उम्मेदवार कारबाही गरिसकेको छ ।

























