काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

5.46K
shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ४४ हजार ५९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले दुई जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको शेयर शाखा, लाजिम्पाट, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर संख्या खुलाई निवेदन पेस गर्नु पर्नेछ ।

तोकिएको समय अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा उक्त शेयर सर्वसाधारण लगानीकर्ताका लागि विक्री खुला गरिने बैंकले जनाएको छ ।