global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खल्तीका सह–संस्थापक अग्रवाललाई एसपीए सम्मान

खल्तीका सह–संस्थापक अग्रवाललाई एसपीए सम्मान

खल्तीका सह–संस्थापक अग्रवाललाई एसपीए सम्मान

खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाललाई एसपीए सम्मान प्रदान गरिएको छ ।

नेपाली आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अग्रवाललाई धनगढीकोे एसपीए कलेजले एसपीए सम्मान प्रदान गरिएको हो ।

एसपीएको सेमिनार हलमा शुक्रबार भएको एक समारोहकाबीच एसपीएका प्रबन्ध निर्देशक सुवास शाहीले अग्रवाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरेका हुन् ।

नेपाली डिजिटल वालेटमा अग्रिणी मध्येको एक खल्तीका संस्थापक अग्रवाल जानकी टेक्नोलोजीको पनि संस्थापक हुन् । यस्तै अग्रवालले गुगल विजनेश ग्रुपको नेतृत्व पनि गरिरहेका छन् । अग्रवालले २०१९ मा इन्टरपेनियर आइसीटी अवार्ड समेत जितेका थिए । अग्रवाल कम्प्युटर एशोसियसन अफ नेपालको पूर्व कार्यसमिति सदस्य समेत हुन् ।

अग्रवालले शुक्रबार एसपीएका विद्यार्थीहरुसँग आफ्नो अनुभव, इन्टरपेनियरसिप, लिडरसिप र स्टार्टअप कसरी सुरु गर्ने ? आदि विषयमा गहकिलो मन्तव्य राखेका थिए । विद्यार्थीहरुले राखेका विभिन्न प्रश्नहरुको उत्तर समेत अग्रवालले दिएका थिए ।

एसपीएले आइटी क्षेत्रमा रुचि भएका विद्यार्थीहरु उत्प्रेरित पार्नका लागि अग्रवाललाई अथिति वक्ताका रुपमा निम्त्याएको हो

प्रकाशित समय : १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु