global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १३ तस्विरमा हेर्नुहोस् कृषक र कृषि

१३ तस्विरमा हेर्नुहोस् कृषक र कृषि

१३ तस्विरमा हेर्नुहोस् कृषक र कृषि शुक्लाफाँटा नगरपालिका–२ का किसान धान रोप्नका लागि गोरुको सहायताले खेत सम्याउँदै । वर्षा हुने क्रम जारी भएपछि किसान धान रोप्नका लागि बेफुर्सदिला भएका छन ।
कैलालीको मसुरिया सव डिभिजन वन कार्यालय परिसरमा स्थानीय उपभोक्तालाई वितरण गर्नका लागि तयार गरिएका बिरुवाका बेर्ना ।
म्याग्दीको मङगला गाउँपालिका ३ बुकेनीका दलबीर पुनले गरेको व्यवसायिक गोलभेडा खेती ।
शुक्लाफाँटा नगरपालिका वडा नं २ का किसान धान रोप्नका लागि बीउ निकाल्दै ।
काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत । यहाँका किसानहरुले हिउँदमा बाँदरले दुःख दिने भएर बर्षायाममा मात्रै धानखेती गर्दै आएका छन ।
तनहुँको म्याग्दे गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका वितरण गरिँदै । गाउँपालिकाले आठ कृषकलाई एक÷एक बोका वितरण गरेको छ ।

घोराही उपहनगपालिका–१८ सुपेलाका किसान खुमबहादुर घर्तीले घोराही– १३ बगालेमा गरेको कांक्रा बिक्रीका लागि लग्ने तयारी गर्दै कामदार ।
बागलुङ नगरपालिका३ खहरेमा चैते धान चुटदै किसान । यहाँका किसानलाई चैते धान चुटने र पुन खेत रोप्ने चटारो छ ।
बुटवल उपमहानगरपालिका वडा नं ५ स्थित अमरपथमा बिहीबार ८० वर्षिय वृद्धले साइकलको टोकरीमा आँप बिक्री गर्नका लागि लैजाँदै । उनी सिजन अनुसारको फलफूल बेचेर आफनो खर्च धानेको बताउछन ।
स्याङजाको पुतलीबजार नगरपालिका–१४ मा कुरिलो खेती गर्दै आएका सारदा ढकाल कुरिलोबारीमा ।
भरतपुर महानगरपालिका वडा नं २३ जगतपुरमा मलको रुपमा प्रयोग गर्न गरिएको ढैंचा खेती । किसानहरुले रासायनिक मलको विकल्पमा ढैंचाको प्रयोग गर्ने गर्दछन ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु