global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ साल्ट ट्रेडिङ र कृषि सामग्रीले समयमा मल आयात नगरेको आरोप

साल्ट ट्रेडिङ र कृषि सामग्रीले समयमा मल आयात नगरेको आरोप

साल्ट ट्रेडिङ र कृषि सामग्रीले समयमा मल आयात नगरेको आरोप

मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । बजारमा यसवर्ष पनि किसानलाई मल अभाव भएको छ ।

सातै प्रदेशका डीपोमा अहिले ७८ हजार चार सय ७५ मेट्रिक टन मल मौज्दात छ । बजारमा वार्षिक करिब सात लाख मेट्रिक टन मलको माग छ । मुख्य बालीका रुपमा रहेको धान रोपाइँको समयमा मल अभाव भएको किसानको गुनासो छ ।

चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्रआह्वान गरेकामा चाँडै नै एक लाख २७ हजार पाँच सय मेट्रिक टन मल आउने क्रममा रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकृत दीपक पौडेलले दिए । युरिया ५० हजार मेट्रिक टन, डीएपी ७० हजार मेट्रिक टन र पोटास सात हजार पाँच सय मेट्रिक टन मल आयात गर्ने क्रममा रहेको उनले बताए ।

दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डीएपी एक लाख मेट्रिक टन आयात गरिसकेका छन् । तर पोटास मल भने अहिलेसम्म आयात गर्न सकेको छैन । चालु आवमा मल आयातका लागि ३१ अर्ब रुपैयाँ रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

पालिकाको समन्वयमा क्षेत्रफलको आधारमा वैज्ञानिक प्रणालीबाट मल न्यायोचितरुपमा वितरण गरिएको मन्त्रालयले जनाएको छ । किसानलाई सुविधा उपलब्ध गराउने उद्देश्यले सरकारले आयात गर्ने मलमा अनुदानको व्यवस्था गरिएको छ ।

बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको आरोप लागेको छ ।

प्रकाशित समय : १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु