गृहपृष्ठ नेप्से परिसुचक २१ अंकले घट्यो, कारोबार रकम ४ अर्ब

नेप्से परिसुचक २१ अंकले घट्यो, कारोबार रकम ४ अर्ब

नेप्से परिसुचक २१ अंकले घट्यो, कारोबार रकम ४ अर्ब

साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसुचक २१ दशमलव ३२ अंकले बटेको हो । परिसुचक १ दशमलव २ प्रतिशतले ओरालो लागेर २०७५ को विन्दुमा झरेको हो ।

आज दिनभरमा ६४ हजार ८ सय ६८ कारोबारबाट २७६ कम्पनीका ९४ लाख १८ हजार ९ सय ५२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३ सय ७५ पुगेको छ । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

बजार घट्दा आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सार्वधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य १ हजार २८९ रुपैयाँ कायम भएको छ ।

साथै, बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मूल्य १ हजार ५५४ रुपैयाँ कायम भएको छ । यसैगरी सिटि होटलको शेयर भने ९।९८ प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ५०८ रुपैयाँ कायम भएको छ ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु