गृहपृष्ठ मोरङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमति गम्भीर घाइते

मोरङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमति गम्भीर घाइते

मोरङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमति गम्भीर घाइते

मोरङको बूढीगंगा गाउँपालिका–३ मा श्रीमानको खुकुरी प्रहारबाट श्रीमति गम्भीर घाइते भएकी छिन् । मोरङ प्रहरी अनुसार ३७ वर्षीय भवेन्द्र डेकाले पत्नी २५ वर्षीया रेखा भगतलाई सोमबार खुकुरी प्रहार गरेका हुन् ।

भारतको आसाम घर भएका भवेन्द्र पत्नीसँगै सुनसरीको दुहवी नगरपालिका–७ भलुवास्थित ससुराली घरमा बस्दै आएका थिए ।

पतिको खुकुरी प्रहारबाट रेखा गम्भीर घाइते भएकी छन् । गम्भीर अवस्थाकी उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट रेखाको दाहिने नाडी र हातका २ वटा औंलामा गहिरो चोट लागेको छ ।

दाहिने नाडी र दुवै औंला छिन्न लागेको अवस्थामा फेला पारेर प्रहरीले उद्धार गरी रेखालाई उपचारका लागि अस्पताल पुर्‍याएको हो । घटनामा संलग्न भवेन्द्रलाई इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले खुकुरीसहित पक्राउ गरेको छ ।

सामान्य पारिवारिक विवादमा उनले पत्नीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु