global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ साढे ६० हजार वैदेशिक रोजगारी बीमालेख जारी हुँदा, २ अर्ब ७१ करोड संकलन

साढे ६० हजार वैदेशिक रोजगारी बीमालेख जारी हुँदा, २ अर्ब ७१ करोड संकलन

साढे ६० हजार वैदेशिक रोजगारी बीमालेख जारी हुँदा, २ अर्ब ७१ करोड संकलन

बीमा प्राधिकरणका अनुसार, चालु आवको जेठसम्ममा यी कम्पनीहरूले ६० हजार ४२६ वटा वैदेशिक बीमालेख जारी गरेका छन् ।वैदेशिक रोजगारीमा जानेहरूको संख्या वृद्धिसँगै यस्तो बीमामा आकर्षण बढेको हो ।

चालु आवको वैशाखसम्ममा यी कम्पनीहरूले वैदेशिक रोजगार बीमालेख बिक्री गरी २ अर्ब ७१ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । वैदेशिक रोजगार बीमा गर्नेहरूको संख्या उत्साहजनक रुपमा बढेको छ ।

विभिन्न १० जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेख बिक्री गरि जेठसम्ममा २ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन अघिल्लो महिनाको तुलनामा २५ करोड ६० लाख रुपैयाँले बढी हो ।

सात प्रदेशहरूमध्येमा जीवन बीमा कम्पनीहरूले बागमती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन गरेको छ । जेठसम्ममा बागमती प्रदेशमा विभिन्न बीमालेखको बिक्रीमार्फत ५५ अर्ब ९१ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १८ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क बीमा कम्पनीहरूले संकलन गरेका छन् । कोशी प्रदेशमा १५ अर्ब ६ करोड १९ लाख, गण्डकीमा १२ अर्ब ३६ करोड ३७ लाख, मधेशमा ११ अर्ब ५० करोड १३ लाख, सुदूरपश्चिममा ६ अर्ब ३९ करोड २३ लाख र कर्णालीमा ४ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

यो बीमा सबैभन्दा धेरै १६ हजार २६० वटा बीमालेख नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भएको छ । यस कम्पनीले जेठसम्ममा ४१ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क वैदेशिक रोजगार बीमालेखको बिक्रीबाट आर्जन गरेको छ । यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ हजार २४७ वटा वैदेशिक बस्मालेख बिक्री गरि जेठसम्ममा १ अर्ब २ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सन नेपालपछि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ हजार २८३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरि जेठसम्ममा ३९ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६ हजार १६ वटा वैदेशिक रोजगार बीमालेख जारी गरि २३ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जेठसम्ममा ४ हजार ४३७ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेको छ । जसबापत कम्पनीले १५ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै सिटिजन लाइफ इन्स्योरेन्सले ३ हजार १०१ बीमालेख जारी गरि १८ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै बाँकी रहेका एसियन लाइफ, सूर्यज्योति लाइफ र प्रभु लाइफले भए २ हजारभन्दा कम वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् ।

कोरोना महामारीबाट तंग्रिएपछि विभिन्न मुलुकमा नेपालबाट रोजगारीका लागि जानेको संख्या बढ्दै जाँदा बीमामा पनि उत्साहजनक वृद्धि देखिएको हो । पछिल्लो समय बीमा कम्पनीहरूले डिजिटल प्रविधिलाई आत्मसात् गर्दै जाँदा कतिपय झन्झटिला प्रक्रियामा सेवाग्राहीहरू अलमलिन पर्दैन ।

यसरी कम्पनीहरूले अनलाइनबाट बीमालेख किन्न सक्ने व्यवस्थालाई बढावा दिँदा सेवाग्राहीहरूले पनि यसप्रति चासो देखाउने गरेका छन् । सोही कारण वैदेशिक रोजगारीमा जानेहरूले सक्रियतापूर्वक बीमामा सहभागी हुने गरेको बीमा कम्पनीका अधिकारीहरू बताउँछन् ।

जेठ महिनासम्ममा सञ्चालनमा रहेका विभिन्न १५ जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । १ करोड ४० लाख ६९ हजार ९३७ वटा बीमालेख जारी गरि कम्पनीहरूले १ खर्ब २४ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका हुन् ।

जेठ महिनामा मात्रै कम्पनीहरूले ८ लाख ४५ हजार ३६२ वटा जीवन बीमालेख जारी गरेका छन् । जसबापत कम्पनीहरूले १० अर्ब ४३ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा छ । प्राधिकरणका अनुसार, विभिन्न १३ जीवन बीमा कम्पनीहरूले जेठ महिनामा १ लाख ८२ हजार ९७९ वटा लघु बीमालेख जारी गरेका छन् ।

जसबाट उनीहरूले १६ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जेठसम्ममा भने कम्पनीहरूले ४१ लाख ६९ हजार २०६ लघुबीमालेख जारी गरि २ अर्ब १३ लाख ९१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित समय : १७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु