global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयक बहुमतले पारित गरेको छ ।

विधेयकमाथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले प्रस्तुत गर्नुभएका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो ।

बैठकमा विधेयकमाथिको छलफल सकिएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २० गते बुधबार दिउँसो ३ बजेका लागि तय भएको छ ।

प्रकाशित समय : १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु