global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘राष्ट्र ऋण उठाउने विधेयक– २०८०’ मा दुई सांसदको संशोधन प्रस्ताव

‘राष्ट्र ऋण उठाउने विधेयक– २०८०’ मा दुई सांसदको संशोधन प्रस्ताव

‘राष्ट्र ऋण उठाउने विधेयक– २०८०’ मा दुई सांसदको संशोधन प्रस्ताव

प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक– २०८०’ माथि दुई सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गरेका हुन् ।

सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताईन । उनले भनिन्, “नेपालीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, सम्पत्तिको सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरियो भने राज्यकोष मजबुद हुन्छ, ऋण लिन जरुरी हुँदैन ।”

यस्तै, सांसद सुमना श्रेष्ठले विभिन्न मन्त्रालयअन्र्तगतका बेरुजु र शोधभर्नाका कारण ऋण लिनसक्ने विश्वासको आधारसमेत प्रस्तुत गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

“बजेटको आधाभन्दा बढी बेरुजु छ । कुन विश्वासका आधारमा अझै पनि ऋण लिने ?”, उनले प्रश्न गरे ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु