गृहपृष्ठ यूएई नेपालसँग १८१ रनमै अलआउट, ब्याटिङ गर्दै नेपाल

यूएई नेपालसँग १८१ रनमै अलआउट, ब्याटिङ गर्दै नेपाल

यूएई नेपालसँग १८१ रनमै अलआउट, ब्याटिङ गर्दै नेपाल

विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा आइतबार नेपाल र यूएईले प्रतिस्पर्धा गरिरहेका छन् । पहिला बलिङ गर्ने कप्तान रोहित पौडेलको निर्णय सही सावित गर्दै नेपाली बलरले यूएईलाई १८१ रनमै अलआउट गरेका छन् । जिम्बाब्वेमा नेपालले टस जितेर यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले तीन तीन विकेट लिए भने गुल्सन झा, प्रतिश जिसी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । केही समयपछि अब नेपालले १८२ रनको लक्ष्य पछ्याउन ब्याटिङ गर्नेछ । नेपालले यो खल जिते प्रतियोगिताको सातौँ स्थानमा लागि आयरल्यान्डसँग खेल्नेछ ।

प्रकाशित समय : १६:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु